काठमाण्डौंः च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले सहज जित निकालेको छ ।
गएराति भएको समूह चरणको पहिलो खेलमा बार्सिलोनाले बेल्जियन क्लब रोयल एन्टवेर्पलाई ५–० गोलले पराजित गरेको हो । घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन जोआओ फेलिक्सले दुई तथा रोबर्ट लेवान्डोस्की र गाभीले एक–एक गोल गरे ।

एक गोल भने एन्टवेर्पका जेले बटाइलेले आत्मघाती गोल गरेका थिए । समूह एच मा रहेको बार्सिलोनाले जितसँगै तीन अंक जोडेको छ ।
यसै समूहमा भएको अर्को खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले युक्रेनी क्लब शाख्तार डोनेस्कलाई उसकै मैदानमा ३–१ गोलले पराजित गर्यो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया