असार २१, २०८२ शनिबार July 5, 2025

एसियन गेम्सको पहिलो खेलमा बहराइनसँग नेपाल पराजित

इरानसँगको खेल खेल पनि हारेमा नेपाल प्रतियोगिताबाट बाहिरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एसियन गेम्स अन्तर्गतको पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ।

आज भएको खेलमा ३–१ सेटले पराजित भएको हो। पहिलो सेट जिते पनि त्यसपछि लगातार ३ सेट हारेपछि नेपालले पहिलो खेलमा नै हार बेहोरेको हो ।

पहिलो सेट २५–२० ले जितेको नेपाल त्यसपछि २०–२५, १८–२५ र १५–२५ ले पछि परेको हो । नेपालले दोस्रो खेल बुधबार इरानसँग खेल्नेछ। इरानसँगको खेल खेल पनि हारेमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

चीनको हाङझाउमा आउँदो शनिबार एसियन गेम्सको उदघाटन हुने भए पनि भलिबलसहितका केही समूहगत खेल भने त्यसअघि नै सुरु भएका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार