असार ३२, २०८२ बुधबार July 16, 2025

उच्चपदस्थलाई दिइएका सुरक्षाकर्मी १५ दिनभित्र फिर्ता ल्याउन संसदिय समितिको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकले पहुँचका आधारमा उच्चपदस्थले कानुनविपरीत राख्दै आएका सुरक्षाकर्मी, सवारीचालक र भान्सेलाई १५ दिनभित्र फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको छ । भीभीआईपी र भीआईपीलाई मापदण्डविपरीत दिइएको सुरक्षाकर्मीदेखि भान्सेसम्मका जनशक्ति फर्काउन आज बसेको बैठकले आग्रह गरेको हो ।

राजनीति र प्रशासनिक पहुँचमा रहेका बहालवाला/भूतपूर्व उच्चपदस्थ (भीभीआईपी/भीआईपी)ले पहुँचका आधारमा  प्रहरी सुरक्षाकर्मी, सवारी  चालकलगायतको दुरुपयोग गरेको देखिएकाले समितिले १५ दिनभित्र फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको हो । उनीहरुलाई फिर्ता गरी दरबन्दी भएको ठाउँमा पठाएर समितिलाई जानकारी गराउन बैठक निर्देशन गरेको छ ।

मन्त्रि परिषद् कार्यालयको निर्णयअनुसार सार्वजनिक बिदाका दिन कार्यालय खोलिने भनिए पनि हालसम्म कार्यान्वयन नहुनुको कारण  बैठकले मागेको छ । समितिका सभापति रामहरि खतिवडाले बैठकले सरकारका मन्त्री तथा पदाधिकारीले नियमअनुसार पाउनेभन्दा बढी सवारी साधन प्रयोग गरेको भए फिर्ता गर्न निर्देशन जारी गरेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया