काठमाडौंः १९औँ एसियाली खेलकुदमा नेपाली महिला फुटबल टोलीले आज पहिलो खेल खेल्दै छ ।
चीनको हान्झाउमा नेपाली टोलीले आज भियतनामसँग खेल्न लागेको हो । खेल दिउँसो पौने २ बजे सुरु हुनेछ । यस्तै, नेपालले असोज ८ मा जापानसँग र असोज ११ मा बङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल जापान र भियतनामसँगै समूह ‘डी’ मा रहेको छ । जापान विश्वकप विजेता टोली हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया