असार २९, २०८२ आइतबार July 13, 2025

नेता सिंहद्वारा कोरोना महामारीका बेला सेना परिचालन गर्ने निर्णयको विरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले कोरोना महामारीका बेला सेना परिचालन गर्ने सरकारको निर्णयको विरोध गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस नेता सिंहले नागरिक सरकारले गर्नुपर्ने काममा सेना परिचालन गर्ने सरकारको निर्णय बेठिक भएको बताए।

उनले महामारीका बेला गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन समिति, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागले कोरोना काम गर्नुपर्ने पनि बताए।

उनले महामारी नियन्त्रण अभियानको नेतृत्व लिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको ढाकछोप गर्न लागेको आरोप समेत लगाए।

सरकार राजनीतिक, आर्थिक र कुटनीतिक रुपमा असफल भइसकेको उनको दाबी थियो।

यसअघिको संसद बैठकमा कांग्रेसका अर्का सांसद अमरेश कुमार सिंहले पनि महामारीमा सेना परिचालन गर्ने सरकारको निर्णयको बिरोध गरेका थिए।

सरकारले जटिल अवस्थामा रहेका बाँके लगायत ठाउँका क्वारेन्टिनमा सुरक्षा व्यवस्थापन, विदेशबाट आएकाहरुको आवागमन लगायत निश्चित कामहरुका लागि नेपाली सेनालाई खटाउने गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया