काठमाडौंः धर्मस्थली ब्याडमिन्टल एसोसिएसनले आयोजना गरेको तारकेश्वर मेयर कप प्रतियोगिता २०८० सम्पन्न भएको छ ।
प्रतियोगितामा दुई वर्ग गरि १०३ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता तारकेश्वर नगरपालिका नगरप्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यता, तारकेश्वर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष घनश्याम श्रेष्ठको विशेष आतिथ्यता र धर्मस्थली ब्याडमिन्टन एसोसिएसनका सभापति विजय श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै तारकेश्वर नगरपालिका नगरप्रमुख महर्जनले खेलकुद विकासका लागि नगरपालिकाले विशेष ध्यान दिएको बताए । पूर्वाधारसहित दक्ष जनशक्ति खेलकुद क्षेत्रको विकास र निर्माणमा आवश्यक बजेट विनियोजन गरेको र आगामी दिनहरुमा पनि युवा तथा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम गर्ने समेत उनले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया