काठमाण्डौंः इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी पराजित भएको छ । गएराति भएको खेलमा चेल्सी एस्टन भिल्लासँग घरेलु मैदानमै १–० गोलले स्तब्ध बनेको हो ।
भिल्लालाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ७३ औं मिनेटमा ओल्ली वाटकिन्सले गरे ।
जितसँगै ६ खेलमा १२ अंक जोडेर भिल्ला तालिकाको छैटौं स्थानमा उक्लिएको छ । चेल्सी भने समान खेलबाट ५ अंकसहित १४ औं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया