काठमाडौंः राष्ट्रिय सभाको बैठक सरेको छ । मंगलबार एक सूचना जारी गरी संघीय संसद सचिवालयले १२ असोजमा बस्ने तय भएको बैठक १८ गतेका लागि बस्ने जानकारी दिएको छ ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमका अनुसार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १२ असोजमा विशेष कारणवश बैठक बस्न नसक्ने भएको भन्दै १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक तोकेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया