मंसिर २५, २०८० सोमबार December 11, 2023

साइकलको ह्यान्डलभित्र खैरो हेरोइन लुकाएर तश्करी गर्ने एक जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१९ का ३२ वर्षीय रामकिशन राना रहेका छन् । भीमदत्त नगरपालिका–१० ब्यारेलस्थित चेक प्वाइन्टबाट खैरो हेराइनसहित उनी पक्राउ परेका हुन् । उनको साथबाट २.५५ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रानाले खैरो हेरोइन साइकलको बायाँपट्टिको ह्यान्डलको प्वालभित्र लुकाएका थिए । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ शंका लागेर जाँच गर्दा खैरो हेराइन बरामद गरिएको हो । रानालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया