काठमाडौंः १९ औं एसियाली खेलकुदको महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो खेलमा पराजित भएको छ।
समूह ‘बी’ को लिग खेलमा नेपाल कजाखस्तानसँग १७–१० ले पराजित भएको हो । कजाखस्तानविरुद्ध नेपालका लागि कप्तान श्रेया खड्का र मीना गुरुङले समान ४–४ अंक जोडे ।
नेपालको स्कोरबार्डमा गरिसा सिलवाल र रिन्छेन मोक्तानले समान १–१ अंक थपे ।
समूह चरणको पहिलो खेलमा जापानले नेपाललाई २२–४ ले हराएको थियो । नेपालले समूहको अन्तिम खेलमा शुक्रबार चाइनिज ताइपेईको सामना गर्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया