मंसिर १६, २०८० शनिबार December 2, 2023

ह्वेल माछाले डुङ्गालाई ठक्कर दिएपछि…

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।

न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको बोटनी बेमा आपत्कालीन सेवाका अधिकारीहरूले समुद्री तटमा ढलेका एक जना ६१ वर्षीय वृद्धलाई उद्धारको प्रयास गर्दा उनी निष्प्राण भेटिएका जनाएका छन् ।

मृतक ती वृद्ध ढलेको स्थानभन्दा केही अर्का एक जनालाई गम्भीर अवस्थामा उद्धार गरी स्थानीय अस्पताल भर्ना गरिएको छ ।

मानवविहीन डुङ्गा बोटनी बेमा बारम्बार घुमिरहेको देखेपछि दुर्घटनाको आशङ्कामा आपत्कालीन सेवाका अधिकारी घटनास्थलमा पुगेका थिए । अज्ञानवश पीडितहरू धेरै ह्वेल भएका स्थानमा डुङ्गा लिएर पुग्दा यो दुर्घटना भएको उनीहरूले बताएका छन् । सुरक्षा अधिकारीहरूले दुर्घटनाको अनुसन्धान थालेका न्यु साउथ वेल्सका प्रहरी अधिकृत सिओभान मुनरोले बताएका छन् । सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार