मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एक सय आठ स्वर्णका साथ एशियाडमा चीनको वर्चस्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ । एक सय पाँच आठ, ६६ रजत र ३३ कास्य पदक जितेर आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको हो ।

गणतन्त्र कोरियालाई एक तहपछि छाड्दै जापान दोस्रो स्थानमा टिक्न शनिबार पनि सफल भएको छ । जापानले २८ स्वर्ण, ३८ रजत र ८७ वटा कास्य पदक जितेको छभने तेस्रो स्थानमा खुम्चिएको दक्षिण कोरियाले २७ स्वर्ण, २८ रजत र ५३ कास्य गरी एक सय आठ पदक हात पारेको छ ।

गत बिहीबारको तुलनामा शुक्रबार केही प्रगति गरेको भारतले शनिबार पनि त्यसलाई निरन्तरता दिएको छ । शुक्रबार चौथो स्थानमा उक्लन सफल भारतीय खेलाडीले देशलाई १० स्वर्ण, १३ रजत र १३ वटा कास्य पदक दिलाएर एशियाड पदक तालिकामा ३६ पदकसहित चौथो स्थान सुरक्षित गरेका छन् ।

शुक्रबार पाँचौ स्थानमा रहेको थाइल्याण्डलाई पछि पार्दै उज्वेकिस्तान अघि बढेको छ । दश स्वर्ण, ११ रजत र १५ वटा कास्य जितेको उसलाई आफ्नो स्थान सुनिश्चित गर्न धौ–धौ परेको छ । आठ स्वर्ण, ३ रजत र १४ थाइल्याण्ड छैटौँ स्थानमा झरेको छ ।

एशियाडको पछिल्लो पदक तालिकाअनुसार चाइनिज ताइपेइ, हङकङ, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र इरान क्रमश: सातौ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् । शनिबार महिला भारत्तोलनमा एउटा स्वर्ण पदक जितेर इरानलाई पाखा लगाउँदै उत्तर कोरिया नवौँ स्थानमा उक्लिएको हो । राजनीतिक प्रतिद्वन्द्वी दक्षिण कोरियालाई उत्तरले हराएको हो । शुक्रबार इरान पदक तालिकामा नवौँ स्थानमा थियो ।

चाइनिज ताइपेइले ७, हङकङले ५, उत्तर कोरियाले ४ र इरानले ३ वटा स्वर्ण पदमा चित्त बुझाएका छन् । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार