मंसिर २५, २०८० सोमबार December 11, 2023

न्युजिल्याण्डले पाकिस्तानलाई हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानले प्रस्तुत गरेको ३ सय ४६ रनको विशाल लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले अभ्यास खेलमा ५ विकेटको शानदार जीत हासिल गरेको छ । न्युजिल्याण्डले उक्त लक्ष्य ३८ बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा पछ्यायो ।

न्युजिल्याण्डलाई जीत दिलाउन रचिन रवीन्द्रले ९७ रनको विस्फोटक पाली खेले उनले ७२ बलमा १६ चौका र एक छक्का हिर्काए । त्यस्तै, मार्क च्याप्पम्यानले पनि ६ चौका र ३ छक्का हिर्काएर नटआउट ६५ रन बनाए ।

रिटायर हुँदै मैदान छाडेका केन विलियमसन र डेयरल मिचेलले क्रमशः ५४ र ५९ रनको योगदान दिए । पाकिस्तानका लागि उसामा मिरले ३ तथा हसन अली, आघा सलमान र मोहम्मद वसिमले १–१ विकेट लिए ।

यसअघि, मोहम्मद रिजवानको शतकको मद्दतले पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ४५ रन बनाएको थियो । रिटायर हर्ट हुन अघि रिजवानले ९४ बलमा ९ चौका र दुई छक्को मद्दतले १ सय ३ रन बनाए ।

कप्तान बाबर आजमले पनि ८० रनको योगदान दिए भने साउद सकिलले ७५ रन तथा आघा सलमानले ३३ रन बनाए । न्युजिल्याण्डका लागि मिचेल सान्टरले २ विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया