काठमाण्डौं: समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) अन्ततः निर्वाचन आयोगमा दर्ता भएको छ । निकै लामो रस्सकसीका बिच शिर्ष तहमा देखिएको वरियता विवाद मिलेपछि आज आइतबार निर्वाचन आयोगमा नयाँ पार्टीको रूपमा दर्ता भएको हो।
निर्वाचन आयोगमा दर्ता गर्नुअघि डा. बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाउने सहमति भए पनि निर्वाचन आयोगमा पुग्दा भने उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेता बनाइएको छ।
पार्टी दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् । कार्यसमिति र केन्द्रीय नेतृत्वको वरियतामा सहमति गरेर कागज तयार गर्दा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो । त्यसैगरी सो पार्टीको अर्को वरिष्ठ नेतामा राजेन्द्र महतोको नाम रहेको छ।
दर्ता गर्दा पार्टीको राजपा र समाजवादीबीच कार्यकारी हैसियतमा महन्थ ठाकुर र उपेन्द्र यादव रहनु भएको छ भने वरियताको तेस्रोमा अशोक राई र चौथोमा पुर्व प्रम बाबुराम भट्टराई हुनुहुन्छ ।
डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्षका रुपमा पहिलो वरियतामा राखेर पार्टी एकताका लागि जाने सहमति भए पनि किचलो बढेपछि संघीय परिषद् नै हटाउने सहमति जुटेको बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया