असार ३२, २०८२ बुधबार July 16, 2025

कोशीमा असोज २० गते विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी

कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको सिफारिसमा आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् ।

सर्वाेच्च अदालतको परमादेशपछि २२ भदौंमा संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन् । आगामी २० असोजमा उनले विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको पनि ३० दिन पुग्दैछ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले असोज २० गते नै विश्वासको मत लिने तयारी भएको जानकारी दिए । आजको बैठकमा गत २४ भदौमा सरकारले ल्याएको अध्यादेश टेबल हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया