२६ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले निर्वाचन आयोगमा पेश गरेको कागजले डा. बाबुराम भट्टराईको राजनीतिक उचाई वा वरियता कायम नहुने टिप्पणी गरेका छन् ।
जनता समाजवादी पार्टी आइतबार निर्वाचन आयोगमा दर्ता हुदा डा। भट्टराईलाई चौथो वरियतामा राखिएपछि सामाजिक संजाल र मिडियामा भएको विश्लेषणप्रति टिप्पणी गर्दै राप्रपा अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
उनले डा। भट्टराईसँग धेरै विषयमा आफ्नो मतभेद भएको बताउदै लामो राजनीतिक यात्रा र संघर्षले समाजमा उनको स्थान तय भइसकेको टिप्पणी गरेका छन् ।
अध्यक्ष थापाले पार्टी एकता गर्दा नाम तल राखेर बरु डा। भट्टराईको उचाई झन् बढेको तर्क गरेका छन् ।
उनले भनेका छन् ( ुवरियताको विषयमा डा।बाबुराम भट्टराईलाई केहीले खिसी गरेको पढें । बाबुरामजीसंग धेरै विषयमा मेरो मतभेद छ ।तर,उँहाको वरियतारराजनीतिक उचाई नि। आयोगमा पेशभएको कागजले गर्दैन । लामो राजनीतिक यात्रारसंघर्षले समाजमा उँहाको स्थान कायम भैसकेको छ । एकतागर्दा नाम तल राख्न मानेर बरु उँहाको उचाई अझै बढेको देखिन्छ ।ु
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया