काठमाण्डौं : अधिवक्ता एवं उप-प्राध्यापक डा. नेवल चौधरीद्धारा लेखिएको बाणिज्य कानून (Commercial Law) को पाठयक्रममा आधारित पुस्तक प्रकाशनमा आएको छ ।
कानून व्यवसायी तथा त्रिभुवन विश्वविद्यालय, नेपाल ल क्याम्पस, प्रर्दशनी मार्ग काठमाण्डौमा कार्यरत स्थायी उप-प्राध्यापक डा. चौधरीले अग्रेजी भाषामा लेखिएको स्नातकोत्तर तह (LL.M.) बाणिज्य कानून (Commercial Law) को पाठयक्रममा आधारित पुस्तक बजारमा आएको हो ।
बाणिज्य कानूनमा रुचि राख्ने जिज्ञासुहरुको जिज्ञासा मेटाउन, नेपालमा विदेशी लगानी गर्न चाहने इच्छुक लगानीकर्ताको जानकारीको निमित्त तथा नेपालमा प्रत्यक्ष विदेशी लगानीसंग सम्बन्धित रहेको नितिहरु, ऐन, नियम तथा कानून समेतमा आधारित रहेको पुस्तक बजारमा ल्याएका छन् । उक्त पुस्तकमा विदेशी लगानीमा देखिएका समस्या समाधानका निमित विदेशी अदालतहरुबाट भएका फैसलाहरु पनि उल्लेखित रहेका छन् ।
उप- प्राध्यापक डा. नेवल चौधरी नेपालमा प्रत्यक्ष विदेशी लगानीको विशेष सन्दर्भको साथ, वाणिज्य कानूनमा उत्कृष्ट पुस्तक, एक अनुसन्धानात्मक सन्दर्भ ग्रन्थको रुपमा आधारित पुस्तक प्रकाशित गरेका छन्। जुन पुस्तकको नामः Commercial Law: with Special Reference to Foreign Direct Investment In Nepal ( A Research-based Reference Book) रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया