काठमाडौंः राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विधायनसम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकलाई निर्णायार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले स्वीकृत भएको सुनाएका हुन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उक्त विधायनसम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उनले विधायनहरूको स्पष्ट अभिलेख राख्न र कानुन निर्माणमा एकरूपता कायम गर्ने उद्देश्यले विधेयक ल्याएको जानकारी दिए।
राष्ट्रियसभाको अर्को बैठक यही असोज २३ गते मंगलबार ११ः०१ बजे बस्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया