श्रावण ५, २०८२ सोमबार July 21, 2025

त्रिवि सेवा आयोगमा नेविसंघको तालाबन्दी

खुला प्रतिस्पर्धाको बाँकी रहेको अन्तर्वार्ता र बढुवाको काम अगाडि बढाएपछि नेविसंघले सेवा आयोगमा लगायो ताला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिवि नेविसंघ समितिले त्रिवि सेवा आयोगमा ताला लगाउनुको साथै सेवा आयोग अध्यक्ष प्रा.डा.घनश्याम भट्टराई र सदस्य प्रा. डा. हेमराज ढकाललाई विश्वविद्यालय प्रवेश निषेध गरेको छ ।

त्रिवि सेवा आयोगले खुला प्रतिस्पर्धाको बाँकी रहेको अन्तर्वार्ता र बढुवाको काम अगाडि बढाएपछि नेविसंघले ताला लगाएका हो । पूर्व त्रिवि सेवा आयोग अध्यक्ष प्रा.डा.लालुप्रसाद पौडेलको कार्यकालमा खुला प्रतिस्पर्धाको शिक्षकहरुको लिखित परीक्षा सकेर अन्र्तवार्ता लिँदा लिँदै नेविसंघले ताला लगाएपछि रोकिएको थियो ।

प्रा.डा. लालुप्रसाद पौडेलको कार्यावधि सकिएर पद रिक्त भएको एक वर्षपछि गत साउनमा प्रा.डा. घनश्याम भट्टराई अध्यक्षमा नियुक्त भएका थिए । उनले बाँकी रहेका अन्र्तवार्ता र बढुवाको काम अगाडि बढाएपछि फेरि नेविसंघले ताला लगाएको छ ।

नेविसंघले त्रिवि सेवा आयोगले विगतका विवादास्पद परीक्षा र मूल्यांकनका विषयमा आवश्यक छानवीन गरी पारदर्शी हुनेगरी उपयुक्त निर्णयमा नपुगी विगतकै अपारदर्शी र अनियमित प्रकृयाबाट अगाडि बढाउन खोजेकोले विगतकै अनियमिततालाई निरन्तरता दिन खोजेको पुष्टि भएको दाबी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया