काठमाडौंः चीनको हान्जाउमा जारी १९ औं एसियाली खेलको महिला भलिवलमा नेपालले सान्त्वना जित हासिल गरेको छ ।
आफ्नो अन्तिम खेलमा नेपालले मंगोलियालाई ३-२ को सेटमा पराजित गरेको हो ।
देकिङ स्पोर्ट्स सेन्टर जिम्नयासियममा भएको क्लासिफिकेसन म्याचमा नेपालले पहिलो सेट २५-१७ ले गुमाएपनि कमब्याक गरेको थियो । दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको नेपालले अन्तिम सेट १५-१२ ले जितेको थियो ।
महिला भलिवलमा नेपाल १३ टोलीमध्ये ११औं भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया