असार ३२, २०८२ बुधबार July 16, 2025

गण्डकी प्रदेश सभामा चारवटै विषयगत समितिका सभापति चयन

काँग्रेस, एमाले र माओवादीबिच सहमतिपछि विषयगत समितिका सभापतिहरूको टुङ्गो लाग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेश सभामा कायम रहने ४ वटै विषयगत समितिको सभापति चयन गरिएका छन् ।

शनिवार भएको विषयगत समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति सर्वसम्मत चयन भएका हुन् । काँग्रेस, एमाले र माओवादीबिच सहमति भएपछि विषयगत समितिका सभापतिहरूको टुङ्गो लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा स्याङ्जाका सांसद सुधीर कुमार पौडेल, नेपाली काँग्रेसको तर्फबाट प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा बागलुङका सांसद चम्फादेवी खड्का र अर्थ तथा विकास समितिको सभापतिमा भोजराज अर्याल चयन हुनुभएको छ ।

माओवादीको तर्फबाट सामाजिक विकास तथा कृषि समितिको सभापतिमा गोरखाका फणिन्द्र देवकोटा चयन हुनुभएको छ । समितिका सभापतिहरूको आइतबार बिहान सपथ ग्रहण हुने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया