श्रावण ५, २०८२ सोमबार July 21, 2025

त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थानको प्रवेश परीक्षा आगामी कात्तिक १४ गतेबाट

फारम भर्न छुट भएका आवेदकहरूले असोज २२ देखि असोज २४ गतेसम्म अनलाइनमार्फत प्रवेश परीक्षा फाराम भरी सक्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ : त्रिवि इन्जिनियरिङ्ग अध्ययन संस्थानले बीई र बी आर्क तहको प्रवेश परीक्षा आगामी कात्तिक १४ गतेबाट सञ्चालन गर्ने भएको छ । गत भदौ २५ गतेदेखि सञ्चालन हुनुपर्नेमा विद्यार्थीको आन्दोलनका कारण सञ्चालन हुन नसकेको प्रवेश परीक्षा सञ्चालन गर्ने भएको हो ।

साथै यसअघि प्रवेश परीक्षाको आवेदन फारम भर्न छुट भएका आवेदकहरूले असोज २२ देखि असोज २४ गतेसम्म अनलाइनमार्फत प्रवेश परीक्षा फाराम भरी सक्नुपर्ने सूचनामा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया