असार ३०, २०८२ सोमबार July 14, 2025

कर्णाली प्रदेश निजामती विधेयक सर्वसम्मत पारित

प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कर्णाली प्रदेश सरकारले ल्याएको प्रदेश निजामती कर्मचारी विधेयक सर्वसम्मत रूपले पारित भएको छ । सोमबार बसेको प्रदेशसभामा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएको हो ।

सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १२८ को उपनियम २ को खण्ड ‘क’ बमोजिम प्रदेश मामिला समितिको प्रतिवेदन सहितको विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

सभामुख नन्दा गुरुङ्गले विधेयक पारित गरियोस्, भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाले सर्वसम्मत रूपमा विधेयक पारित गरेको हो । विधेयक पारित भएसँगै कर्णाली प्रदेशको आफ्नो छुट्टै कर्मचारी ऐन बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया