काठमाण्डौंः सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक अहिले बिहान ११ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको सचिवालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया