असार ३०, २०८२ सोमबार July 14, 2025

राष्ट्रियसभाको बैठक स्थगित

शुक्रवारसम्मको लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज बिहान ११ः०१ बजे बस्ने गरी निर्धारण भएको बैठक शुक्रवारसम्मको लागि स्थगित भएको संसद् सचिवालयका महासचिव डा‍. भरतराज गौतमले बताए ।

इजरायलमा हमास समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकार आज राष्ट्रिय शोक घोषणा गरेको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय शोकमा बैठक बस्न नसक्ने भएकाले अध्यक्ष गणेश तिमल्सिनाले बैठक शुक्रवार बिहान ११ः०१ बजे बस्नेगरी स्थगित गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया