मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट : इङ्ल्यान्डले बङ्गलादेशलाई १ सय ३७ रनले हरायो

तीन सय ६५ रनको विजय लक्ष्य पछाएको बङ्गलादेशको पारी ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय २७ रनमा सिमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज सम्पन्न खेलमा इङ्ल्यान्डले बङ्गलादेशलाई पराजित गरेको छ । इङ्ल्यान्डले बङ्गलादेशलाई एक सय ३७ रनले हराएको हो ।

भारतको हिमाञ्चल राज्यको धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ६४ रन बनायो । तीन सय ६५ रनको विजय लक्ष्य पछाएको बङ्गलादेशको पारी ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै दुई सय २७ रनमा समेटियो ।

बङ्गलादेशका लागि लिट्टन दासले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ६६ बलमा दुई छक्का र सात चौका प्रहार गरे । यस्तै मुस्फिकुर रहिमले अर्धसतकीय पारी खेले । उनले ६४ बल खेल्दै चार चौकाको मद्दतमा ५१ रन बनाए । तोहिद हृदोयले ३९ रन बटुले ।

बलिङतर्फ इङ्ल्यान्डका रिस टप्लेले चार, क्रिस वोक्सले दुई तथा मार्क उड, आदिल रसिद, लियाम लिभिङस्टोन र साम करनले एक एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा इङ्ल्यान्डका डेविड मलानले सर्वाधिक १४० रनको योगदान दिए । उनले १०७ बल खेल्ने क्रममा १६ छक्का र पाँच चौका हाने । यस्तै जोए रुटले उत्कृष्ट ब्याटिङ गर्दै ८२ रन जोडे । उनले ६८ बलको सामना गर्दै एक छक्का र आठ चौका प्रहार गरे । जोनी ब्रेस्टोले ५२ रन बनाए । उनले ५९ बल खेल्दै आठ चौका हाने । कप्तान जस बट्लरले २० रन बनाए ।

बलिङतर्फ बङ्गलादेशका लागि मेहदी हसनले चार, सोरिफुल इस्लामले तीन तथा कप्तान सकिब अल हसन र तास्किन अहमदले एक एक विकेट लिए ।

जारी विश्वकपमा इङ्ल्यान्डको यो पहिलो जित हो । यसअघि आफ्नो पहिलो खेलमा इङ्ल्यान्ड न्युजिल्यान्डसँग नौ विकेटले पराजित भएको थियो । बङ्गलादेशको पनि यो पहिलो हार हो । यसअघि बङ्गलादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार