मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

विश्वकप क्रिकेटमा श्रीलंकामाथि पाकिस्तानको कीर्तिमानी जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः मोहम्मद रिजवान र अब्दुल्लाह शफिकले शतक प्रहार गरेपछि पाकिस्तानले विश्वकप क्रिकेटमा कीर्तिमानी जित हासिल गरेको छ ।

श्रीलंकालाई ६ विकेटले हराउने क्रममा पाकिस्तानले विश्वकप इतिहासमै सबैभन्दा ठूलो लक्ष्य भेट्टाउने कीर्तिमान बनाएको हो । ३ सय ४५ रनको विशाल लक्ष्य पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाएर पार गर्यो ।

विश्वकपको इतिहासमा चेन्ज भएको यो सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि विश्वकपमा २०११ मा आयरल्यान्डले इंग्ल्यान्डविरुद्ध ३ सय २८ रनको लक्ष्य पूरा गरेको थियो ।

पाकिस्तानको जितमा मोहम्मद रिजवानले अविजित १३१ रन बनाए । उनले १ सय २१ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए ।

ओपनर अब्दूल्लाह शफिकले १ सय ३ बलमा १० चौका र ३ छक्कासहित १ सय १३ रन बनाए । यो उनको पहिलो शतक हो । विश्वकपमा भने रिजवान र सफिक दुवैको पहिलो शतक हो ।

आजको खेलमा विश्वकप इतिहासमै पहिलो पटक चार शतक बने । श्रीलंकाली खेलाडीले पनि पहिलो इनिङसमा पनि दुई शतक हानेका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ४४ रन बनाएको थियो ।

कुशल मेन्डिसले ७७ बलमा १४ चौका र ६ छक्कासहित १ सय २२ रनको उत्कृष्ट इनिङ्स खेले । उनले ६५ बलमा शतक पुरा गरेका थिए ।

यस्तै सदिरा समराविक्रमाले ७९ बलमा ११ चौका र २ छक्कासहित १ सय ८ रन बनाए । उनको एकदिवशीयमा पहिलो शतक हो ।

पाकिस्तानका हसन अलीले ४ र हरिस रौफले २ विकेट लिए । पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो ।

उसले आगामी शनिबार भारतसँग खेल्नेछ । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग १ सय २ रनले पराजित भएको थियो । बुधबार भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार