काठमाडौँ । न्याय सेवा आएका दुई जना सचिव र ८५ जनाको अधिकृतमा बढुवा तथा पदस्थापन भएको छ।
सोमबार बसेको न्याय सेवा आयोगको बैठकले दुईजनालाई सहसचिवबाट सचिव र ८५ जनालाई वरियता एवं जेष्ठताका आधारमा नासुबाट अधिकृतमा बढुवा गरेको हो।
आयोगले अर्थमन्त्रालयमा कानुन अधिकृत रहेका उदयराज सापकोटालाई सचिवामा बढुवा गरेर सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव नियुक्त गरेको छ।
त्यस्तै कानून मन्त्रालयमा रहेका सहसचवि धनराज ज्ञवालीलाई सचिवमा बढुवा गरेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदस्थापन गरेको छ।
आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव रहेका ऋषिराज भण्डारीलाई कानुन मन्त्रालयमा पठाएको छ। त्यस्तै चारजना उपसचिव र १५ जना अधिकृतको सरुवा समेत गरेको छ।
को कहाँ पदस्थापन भए? यस्तो सूचि
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया