काठमाडौंः कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणाले नेपाली सुपारीले बजार नपाएको गुनासो आएकाले त्यसलाई सम्बोधन हुनेगरी पहल लिन लागिएको बताएकी छन् ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले नेपाली सुपारी किसानहरुको मारलाई सम्बोधन गर्नका लागि तत्काल अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संयुक्त बैठक बोलाइ त्यसको निकास हुनेगरी छलफल गर्न लागिएको बताइन् ।
नेपालमा करिब १४ हजार मेट्रिक टन सुपारी बिक्री वितरण नभएर सड्ने अवस्थामा रहेको गुनासो किसानहरुले गरेपछि त्यसको निकासका लागि आफूले सम्बन्धित पक्षसँग छलफल गरी निकासीका लागि सरकारलाई निर्देशन दिन लागिएको समितिकी सभापति राणाको भनाइ थियो ।
त्यसैगरी समितिले माछापालक किसानहरुको समस्या समाधानका लागि पनि आन्तरिक छलफल गरी सरकारलाई सो सम्बन्धमा सचेत गराउने तयारी गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया