असार २४, २०८२ मंगलबार July 8, 2025

अस्पतालले जागिरबाट निकालेपछि कर्मचारीले लगाए आफ्नै शरीरमा आगो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । अछाम जिल्लाको बयालपाटा अस्पतालका एक जना कर्मचारीले जागिरबाट हटाइएपछि आफ्नै शरीरमा आगो लगाएका छन् ।

अस्पतालले हटाएका ३३ जना कर्मचारी मध्येका साफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका हुन् ।

शरीरमा आगो लगाएर गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेलिकोप्टर मार्फत नेपालगञ्ज लगिएको छ । अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आगो लगाएर गम्भीर घाइते भएका ति कर्मचारीलाई जिल्लामा उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फत नेपालगञ्ज पठाइएको जानकारी दिएका छन ।

अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । अस्पतालले जागिरबाट निकालेपछि उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको स्थानीयले बताएका छन् ।

बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर केही कर्मचारी हटाएको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया