असार ३०, २०८२ सोमबार July 14, 2025

विकास–निर्माणका काममा राजनीति गर्न हुँदैन : अध्यक्ष तिमिल्सिना

तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य हुन सकेमामात्र समृद्ध मुलुक बन्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा राजनीतिकरण गर्न नहुने बताउनुभएको छ ।

पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा आज बिहान आयोजित एक श्रद्धाञ्जलीसभामा तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य हुन सकेमामात्र समृद्ध मुलुक बन्न सक्ने बताउनुभयो । मुलुकमा आएको राजनीतिक परिवर्तनपश्चात् विकास निर्माणका कामले जुन गतिमा अघि बढ्नुपर्ने त्यसअनुरूप हुन नसकेको बताउँदै समृद्धिका लागि राजनीतिभन्दा विकास निर्माणमा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले जिल्लाका सातवटै पालिकाका सडक कालोपत्रे गरिएका बताउँदै आफ्नो कार्यकालसम्म ६१ वटै वडाका सडक पिच गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय विकास निर्माणका कार्य गर्दा विनाससमेत निम्त्याइएकाले दिगो एवं फलदायी पूर्वाधार निर्माण आजको आवश्यकता भएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया