असार २४, २०८२ मंगलबार July 8, 2025

अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना, ४ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार लु १ च ३५३५ नम्बरको एम्बुलेन्स अर्घाखाँचीको खाँचिकोट स्थित डिहिडाँडामा रहेको फर्जेङ खोलामा सडकबाट चिप्लिएर सोमबार अपरान्ह दुर्घटनामा परेको हो ।

सन्धिखर्क नगरपालिका वार्ड नम्वर- ७ चन्द्रप्रभा माविको क्वारेन्टिनबाट ५ जना संक्रमित लिएर सन्धिखर्क आउँदै गरेको उक्त एम्बुलेन्स दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परी सामान्य घाइते भएका ४ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सामान्य उपचारपछि संक्रमित सबैलाई सन्धिखर्कमा रहेको आइसोलेसन कक्षमा राखिएको छ ।

भारतबाट स्वदेश आएपछि स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब परीक्षण गर्दा सोमबार कोरोना पोजिटिभ देखिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार