काठमाण्डाैंः गएराती रूपन्देहीको तिलोत्तमामा पाँचजनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दिएको जानकारी अनुसार रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्ति सामूहिक हत्या गरेर फरार भएका छन् ।
स्थानीय कृष्ण पुनको भैँसी फर्ममा काम गर्ने सुर्खेतका धसेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने अन्य पाँच कामदारको धारिलो हतियार प्रहार गरी हत्या गरी फरार भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।
फरार भएका हत्या आराेपी सिंजालीलाई प्रहरीले मंगलबार बिहान तिलोत्तमा-१० बाट पक्राउ गरेकाे छ ।
मृतकहरु को-को हुन् भन्ने हालसम्म खुलेको छैन । गोठमा काम गर्ने पाँचजनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी उपरीक्षक खड्ग बहादुर खत्रीका अनुसार अभियुक्त सोही फाराममा काम गर्ने भए पनि उनी हत्यापछि फरार भएका र यसरी सामूहिक रुममै हत्या किन र कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न नसकेको बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया