श्रावण ५, २०८२ सोमबार July 21, 2025

मन्त्री किरातीको खादामाला वापतको रकम सरस्वती माविलाई हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादामालावापतको रकम भोजपुरको अम्चोक गाउँपालिका–९ स्थित सरस्वती माविलाई हस्तान्तरण गरेका छन्।

खदा माला वापत शुभेच्छुकहरूले चन्दा बाकसमा जम्मा गरेका रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन्। मन्त्री किरातीले खादामालावापत संकलन रकम छ लाख २६ हजार ३४ रुपैयाँ एक कार्यक्रमका बीच आज हस्तान्तरण गरेका हुन्।

गृह जिल्ला भ्रमणमा रहेका मन्त्री किरातीले यसपटकको दसैं चौरीपालक र भेडा पालक किसानसँग मैयुङ डाँडामा मनाउने भएका छन् । आफू जिल्ला भ्रमणमा रहँदा स्कटिङ तथा स्वागत गेट नबनाउन प्रशासनलाई निर्देशन दिए । उनले यसपटकदेखि मञ्चमा नबस्ने तथा आफू प्रमुख अतिथि हुने कार्यक्रममा आफूलाई प्रमुख अतिथि नबनाउन पनि आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया