मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेड विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं : इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेडले जित दर्ता गरेका छन् । सिटीले ब्राईटनलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

सिटीका लागि पहिलो गोल सातौं मिनेटमा जुलियन अल्भारेजले गरेका थिए । खेलकव १९औं मिनेटमा एरलिङ हालान्डले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ८३औं मिनेटमा बार्सिलोनाबाट लोनमा गएका अन्सु फाटीले गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनि ब्राईटनले खेलबाट कुनै अंक हासिल गर्न सकेन ।

जितपछि म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सिटीको नौं खेलमा २१ अंक रहेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको नौं खेल २० अंक छ । एक खेल कम खेलेको टोटेनहमको २० अंक छ ।

यस्तै अर्को खेलमा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई ४-० ले हराएको हो । न्युक्यासलको जितमा जेकब मर्फि, एन्थोनी गोर्डन, सन लङ्गस्टाफ र क्यालम विल्सनले एक एक गोल गरे । जितपछि न्युक्यासल नौं खेलमा १६ अंक सहित पाँचौं स्थानमा उक्लिएको छ । समान नौं खेलमा १२ अंक रहेको प्यालेस १०औं स्थानमा छ ।

यस्तै सोही समयमा भएका खेलमा वल्भसले बर्नमाउथलाई २-१ ले पराजित गर्दा ब्रेन्टफोर्डले बर्नलीलाई ३-० ले पराजित गर्यो। यस्तै नटिङघम फरेस्ट र लुटन टाउनले २-२ बराबरी खेले ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार