मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज : नेपालले यूएईलाई ५ विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले यूएईलाई पाँच विकेटले पराजित गरेको छ। सिरिजमा यो नेपालको लगातार चौथो जित हो । मूलपानी क्रिकेट मैदानमा १६५ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

पहिलो ३ ओभरमा ३ विकेट गुमाएपश्चात धरमराएको ब्याटिङलाई ओपनर आसिफ शेख र कप्तान रोहित कुमार पौडेलले सम्हाले। आसिफले ६२ र रोहितले ४७ रन बनाए।

चौथो विकेटको लागि आसिफ र रोहितले ८० बलमा ९९ रनको साझेदारी गरेका थिए । त्यसपछि आएका दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । उनले १५ बलमा ४० रन बनाए। ६ चौका र १ छक्का प्रहार गरेका उनी अविजित रहे।

यूएईका मुहम्मद जवदुल्लाहले २ तथा जहूर खान र अकिफ राजाले १-१ विकेट लिए।

पहिले ब्याटिङ गरेको यूएईले पुरै ओभर खेलेर ७ विकेट क्षतिमा १६४ रन बनाएको थियो । यूएईका लागि बसिल हमिदले १९ बलमा ४५ रन बनाए। वृत्य अरविन्दले पनि ४५ रन बनाए।

नेपालका लागि सोमपाल कामी र अबिनाश बोहराले २–२ तथा गुल्सन झा र करण केसीले १–१ विकेट लिए।

नेपाल सिरिजको फाइनलमा पुगिसकेको छ । यो सँगै नेपालको ८ अंक भएको छ । यूएई २ अंकसहित दोस्रो छ । हङकङले अंक जोड्न सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार