काठमाण्डौं : एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले छिमेकी प्रतिद्धन्दी पाकिस्तानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पहिलो पटक पाकिस्तानलाई हराएको हो ।
२८३ रनको लक्ष्य अफगान टोलीले १ ओभर अगाडि नै मात्र २ विकेट गुमाएर पुरा गरेको थियो । यो अफगानिस्तानले चेज गरेको सबैभन्दा ठूलो लक्ष्य पनि हो ।
अफगानिस्तानको जितमा तीनजना खेलाडीले अर्धशतक बनाए । ओपनर इब्राहिम जार्दानले ८७ र रमातुल्लाह गुर्वाज ६५ रनमा आउट भए भने रहमत शाहले अविजित ७७ रनको योगदान गरे ।
हसमुल्लाह साहिदी पनि ४५ बलमा ४८ रन बनाएर नटआउट रहे । आज पाकिस्तानका कुनै बलर चलेनन् । शहिन शाह अफ्रिदी र हसन अलीले १-१ विकेट लिए ।
त्यसअघि भारतको चेन्नईमा पाकिस्तानले पुरै ओभर खेलेर ७ विकेट क्षतिमा २८२ रन बनाएको थियो ।कप्तान बाबर आजमले ७४ र अब्दुल्लाह शफिकले ५८ रन बनाए। अफगानिस्तानका नूर अहमदले ३ विकेट लिए।
जितसँगै ४ अंक बटुलेको अफगानिस्तान छैठौं स्थानमा उक्लिएको छ । यो हारपछि पाकिस्तानलाई भने लिग चरणबाटै आउट हुने डर उत्पन्न भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया