असार २४, २०८२ मंगलबार July 8, 2025

आज बेलुकी अष्ट्रेलियाबाट र भोलि यूएईबाट उद्दार गरिएका नेपाली आउँदैछन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मंगलबार बेलुकी अष्ट्रेलियामा अलपत्र परेका नेपाली नागरिक आउँदैछन् ।

नेपाल एयरलाइन्समार्फत साँझ ११ जना नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि नेपाली सेनाले उनीहरुलाई उपत्यकामा तयार गरिएका ९ वटा होल्डिङ सेन्टरमध्ये एउटामा राख्नेछ ।

होल्डिङ सेन्टरमा प्रदेशगत रुपमा राख्ने तयारी सेनाले गरे पनि उद्दार गरिने व्यक्तिको संख्या न्यून भएकाले एउटै सेन्टरमा राखेर प्रदेशमा क्वारेन्टिनमा पठाउने गरी व्यवस्थापन गरिने सैनिक स्रोतको भनाइ छ ।

बुधबार यूएईबाट दुई वटा उडान हुने सैनिक स्रोतको भनाइ छ । यसअघि २३ जेठमा यूएईमा अलपत्र १६९ जना काठमाडौं आएका थिए ।

बुधबार आउने विमानमा दूतावासको सूची अनुसारका ३ सयदेखि ४ सय जना व्यक्ति नेपाल आउने जनाइएको छ । उनीहरुलाई त्यहीँ कोरोना भाइरसको पीसीआर परीक्षण गर्न भनिएको छ ।

नेपालमा आएर उनीहरुलाई सम्बन्धित प्रदेशको क्वारेन्टिनमा १४ दिन राखिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया