बैसाख १९, २०८३ शनिबार May 2, 2026

आज बेलुकी अष्ट्रेलियाबाट र भोलि यूएईबाट उद्दार गरिएका नेपाली आउँदैछन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मंगलबार बेलुकी अष्ट्रेलियामा अलपत्र परेका नेपाली नागरिक आउँदैछन् ।

नेपाल एयरलाइन्समार्फत साँझ ११ जना नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि नेपाली सेनाले उनीहरुलाई उपत्यकामा तयार गरिएका ९ वटा होल्डिङ सेन्टरमध्ये एउटामा राख्नेछ ।

होल्डिङ सेन्टरमा प्रदेशगत रुपमा राख्ने तयारी सेनाले गरे पनि उद्दार गरिने व्यक्तिको संख्या न्यून भएकाले एउटै सेन्टरमा राखेर प्रदेशमा क्वारेन्टिनमा पठाउने गरी व्यवस्थापन गरिने सैनिक स्रोतको भनाइ छ ।

बुधबार यूएईबाट दुई वटा उडान हुने सैनिक स्रोतको भनाइ छ । यसअघि २३ जेठमा यूएईमा अलपत्र १६९ जना काठमाडौं आएका थिए ।

बुधबार आउने विमानमा दूतावासको सूची अनुसारका ३ सयदेखि ४ सय जना व्यक्ति नेपाल आउने जनाइएको छ । उनीहरुलाई त्यहीँ कोरोना भाइरसको पीसीआर परीक्षण गर्न भनिएको छ ।

नेपालमा आएर उनीहरुलाई सम्बन्धित प्रदेशको क्वारेन्टिनमा १४ दिन राखिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाउँमै प्राथमिक उपचार सेवा उपलब्ध
२०८३ बैसाख १९, शनिबार
गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च
२०८३ बैसाख १९, शनिबार
मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन
२०८३ बैसाख १९, शनिबार
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
२०८३ बैसाख १९, शनिबार
म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो
२०८३ बैसाख १९, शनिबार
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
२०८३ बैसाख १९, शनिबार
अतिक्रमण हटाउने अभियान तीव्र : विस्थापित राख्न पाँच शिविर
२०८३ बैसाख १९, शनिबार