काठमाडौंः नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल क्रिकेट टीमलाई क्रिकेट खेल सामग्री सहयोग गरेका छन् ।
नेपाली टोलीका कप्तान रोहित पौडेललाई राजदूत श्रीवास्तवले व्यावसायिक क्रिकेट सामग्री हस्तान्तरण गरेका हुन् ।

सामग्री हस्तान्तरण गर्दै राजदूत श्रीवास्तवले यसले नेपाल र भारतबीचको बलियो जनता–जनता सम्बन्धमा नयाँ स्ट्र्यान्ड थप्ने विश्वास व्यत्त गरे ।
राजदूत श्रीवास्तव खेल क्षेत्रमा निकै रुचि राख्छन् । उनले आउँदा दिनमा पनि नेपाली खेल क्षेत्रमा भारतको तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता जनाएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया