असार २९, २०८२ आइतबार July 13, 2025

नेकपा सचिवालय बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो ४ बजे बस्ने सचिवालय बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा छलफल हुनेछ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले समसामयिक विषयबस्तुमा छलफल गर्नका लागि दिउँसो ४ बजे पार्टीको सचिवालय बैठक बस्ने जानकारी दिएका छन ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अहिलेकै अवस्थामा एमसिसी पारित गर्नुपर्ने पक्षमा छन् भने पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसिसीका कतिपय बुँदा परिमार्जन गरेर पारित गर्नुपर्ने पक्षमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया