काठमाण्डौंः लिभरपुलले युरोपा लिगमा आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राख्दै बिहीबार समूह ‘ई’ को खेल टुलुजलाई सहजै ५–१ गोल अन्तरले पराजित गरेको छ । लगातार तीन खेलमा लिभरपुलले जित निकालेको छ र नौ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
/origin-imgresizer.eurosport.com/2023/10/26/3812663-77505188-2560-1440.jpg)
एनफिल्डमा भएको खेलमा योर्गन क्लोपको लिभरपुलले फेरिएको टिम उतारेको थियो; यस क्रममा फ्रेन्चकप विजेता टिमविरुद्ध डिएगो जोटा, वाटरु एन्डो, डारविन नुनेज, रायन ग्राभेनबर्च र मोहमद सलाहले गोल गरे ।

प्रतियोगिताका अन्य प्रमुख खेलमा ओलम्पियाकोजले वेस्ट ह्यामलाई २–१, ब्राइटनले आयाक्सलाई २–०, रोमाले स्लाभिया प्रागलाई २–० र मार्सेले एईके एथेन्सलाई ३–१ ले पराजित गर्यो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया