काठमाडौंः राष्ट्रिय सभाको बैठक आगामी मंगलबार बस्ने भएको छ ।
राष्ट्रिय सभा सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कात्तिक १४ गते मंगलबार अपरान्ह चार बजेर ४६ मिनेटमा बस्ने गरी राष्ट्रिय सभा बैठक बोलाएको जानकारी गराएको हो ।
राष्ट्रिय सभा सचिवालयका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभा निवमावली, २०७५ को नियम ६ को उपनियम एक बमोजिम यसअघि गत असोज २९ गतेको सूचनाबाट राष्ट्रिय सभा बैठक स्थगित भएको जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया