मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

त्रिदेशीय टि २० शृङखलाको उपाधि युएइले जित्यो

छनोट प्रतियोगितामा फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टि२० विश्वकप खेल्न पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः संयुक्त अरब इमिरेट्सले शुक्रबार आयोजक नेपाललाई रोमाञ्चक खेलमा चार विकेटले हराएर त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङखलाको उपाधि हात पारेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६२ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो ।

युएइले एक बल बाँकी छँदा छ विकेटको क्षतिमा १६७ रन बनाएर लक्ष्य हासिल गर्यो । यस त्रिदेशीय शृ्ंखलामा नेपाल र युएयबाहेक तेस्रो टिमका रुपमा हङकङ रहेको थियो । प्रतियागितामा सहभागी तीनै टिमले एकले अर्कासँग दुई पटक खेलेपछि अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने नेपाल र युएइबीच शुक्रबार फाइनल भएको हो । नेपाल लिग चरणमा चारै खेल जितेर अपराजित रह्यो । तर युएइले लिग चरणमा नेपालसँग वेहोरेको दुवै हारको बदला लिएको छ ।

नेपालको फाइनलमा राम्रो सुरुवात भएको थियो । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाउनुभयो । भुर्तेल २९ बलमा छ चौका र छ छक्कासहित अर्धशतक छोएपछि आउट हुनुभयो । भुर्तेलको यो अन्तर्राष्ट्रिय टि२० मा छैटौँ अर्धशतक भएको छ ।

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि यूएईलाई, नेपाल चार  विकेटले पराजित | Ujyaalo Online:: Nepal News, Nepali Samachaar

अर्का प्रारम्भिक ब्याट्समयन आसिफ शेख सात रनमा स्पीनर आयान खानको बलिङमा बोल्ड हुनुभयो । आयानले आप्mनो पहिलो ओभरमा नै विकेट लिनुभएको हो । १७ वर्षीय आयनले आफ्नो अर्को ओभरमा विस्फोटक ब्याट्सम्यान कुशल मल्ललाई रनको एक रनमै बोल्ड गरेर युएइलाई खेलमा फर्काउनुभयो ।

यसैगरी कप्तान रोहित पौडेल १७ बलमा १८ रन बनाएर विकेटपछाडि क्याच आउट हुनुभयो । दिपेन्द्रसिंह ऐरी पनि १५ बलमा एक चौका र एक छक्कासहितको संक्षिप्त पालि खेलेर पवेलियन फर्कनुभयो । दिपेन्द्र अली नासिरको बलिङमा बोल्ड हुनुभएको हो ।

त्यसपछि सन्दीप जोरा १० रनमा जहुर र सोमपाल कामी १३ रनमा आयानको शिकार बन्नुभयो । अलराउन्डर गुलसन झाको ब्याट्बाट पाँच रनमात्र निस्किए । पुछारका करण केसीले १७ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै अविजित २३ रन बनाएपछि मात्र नेपालले युएइलाई प्रतिस्पर्धात्मक लक्ष्य दिन सक्यो । युएइका लागि आयानले चार ओभरमा मात्र १६ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । आयान नै फाइनलमा म्याच अफ दि म्याच बन्नुभयो ।

युएइले जवाफमा पहिलो ओभरमा नै १७ रन बटुलेर राम्रो सुरुआत गर्यो । कप्नान मोहम्मद वासिमले २२ बलमा सात चौका र दुई छक्कासहित ४५ रन बनाएपछि खेल एकपक्षीय देखिएको थियो । गुल्सनले आप्mनो पहिला ओभरमा वसिमलाई बोल्ड गरेर नेपाललाई खेलमा फर्काउनुभएका हो । वासिमको विस्फोटक पालिमा दुई जीवनदान पनि सामेल थियो ।

वासिम आउट भएको तीन ओभरपछि अर्का प्रारम्भिक ब्याट्सम्यान आर्यन्स शर्मा पनि २५ रनमा पवेलियन फर्कनुभयो । कुशलको बलिङमा थर्ड म्यानमा जोराको दर्शनीय क्याचमा आर्यन्स क्रिज छोड्न बाध्य हुनुभएको हो । एघारौँ ओभरमा गुल्सनले तेज गतिमा रन बनाउन कहलिएका आसिफ खानलाई सात रनमा अविनाश बोहराबाट क्याच आउट गराउनुभयो । तर वृत्य अरविन्द (२६ रन), बासिल हामिद (१६ बलमा अविजित २२ रन) ले नेपाललाई खेलमा फर्किन दिनुभएन । युएइलाई अन्तिम दुई बलमा दुई रन चाहिएको अवस्थामा हामिदले छक्का प्रहार गरी जित दिलाउनुभयो । नेपालका लागि अविनाश बोहरा र गुलसनले दुई–दुई तथा कुशलले एक विकेट लिनुभयो ।

सोमबारदेखि नेपालमा टि२० विश्वकप छनोट

विश्वकप टि२० छनोटको तयारीअनुरुप त्रिदेशीय शृङखलाको आयोजना भएको हो । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट नेपालमा सोमबारदेखि हुँदैछ ।

समूह ए मा नेपाल, ओमान, सिङगापुर र मलेसिया छन् । समूह बी मा हङकङ, युएई, बहराइन र कुवेत रहेका छन् । यस छनोट प्रतियोगितामा फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टि२० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार