काठमाण्डौंः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम कोशी प्रदेश सभामुख कपको तयारी पुरा भएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै समाज विकास केन्द्र, नेपालले प्रथम कोशी प्रदेश सभामुख कपको तयारी पुरा भएको जनाएको हो ।
समाज विकास केन्द्रको आयोजनामा कार्तिक १५ देखि २२ गतेसम्म हुने प्रथम कोशी प्रदेश सभामुख कपको सबै तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आयोजक संस्थाका अध्यक्ष सेराज हुसेनका अनुसार भोक्राहा नरसिंह–४ जामिआ खेलमैदानमा हुन लागेको प्रथम कोशी प्रदेश सभामुख कप–२०८० फुटबल प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहनेछ ।
सबै टिममा राष्ट्रिय र नाम चलेका खेलाडी रहने कोच तथा राष्ट्रिय फुटबल खेलाडी शशि थापा मगरले जनाकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टिमले २५ हजार रुपियाँ, सिल्ड, मेडल र प्रमाण पत्र तथा उपविजेता टिमले १५ हजार रुपियाँ, सिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार पाउनेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया