मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

विश्वकप क्रिकेट: भारतले इंगल्याण्डलाई एक सय रनले हरायो

यो जितसँगै भारत ६ मा ६ वटै खेल जित्दै पहिलो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः भारतमा जारी आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा भारतले इंगल्याण्डलाई एक सय रनले पराजित गरेको छ।

२३० रनको लक्ष्य पछ्याएको इंगल्याण्ड १२९ रनमै अलआउट भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा २२९ बनाएको थियो। भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ८७ रन बनाएका थिए। भारतका सूर्यकुमार यादवले ४९ तथा केएल राउलले ३९ रन बनाएका थिए।

२३० रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको इंगल्यान्ड भारतीय बलरका सामु निरीह बन्न पुग्यो। इंगल्यान्ड ३४.५ ओभरमा अलआउट हुँदै पराजित हुन पुग्यो। भारतका मोहम्मद सामीले इंगल्यान्डको ४ विकेट लिएका थिए।

यो जितसँगै भारत ६ मा ६ वटै खेल जित्दै पहिलो स्थानमा छ भने इंगल्यान्ड ६ खेलमा ५ वटा खेल हार्दै अंकतालिकाको पुछारमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार