श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

इजरायलका प्रधानमन्त्री नेतन्याहूद्वारा युद्धविराम गर्न अस्वीकार

सात अक्टोबरमा हमासले इजरायलमाथि गरेको आक्रमणपछि इजरायल युद्धबिरामका लागि तयार नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजासँगको लडाईँमा युद्धबिराम गर्न अस्विकार गरेका छन् । इजरायलमाथि युद्ध विरामको दबाब परिरहेका बेला प्रधानमन्त्री नेतन्याहुले युद्ध विरामको सम्भावना नरहेको बताएका हुन् ।

तेल अभिव पत्रकारसँग बोल्दै नेतान्याहूले युद्धबिरामको कुनै सम्भावना नै नरहेको बताए। उनले पर्ल हार्बरको आक्रमण वा अमेरिकी अमेरिकी वल्र्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि अमेरिका युद्धविरामका लागि तयार नभए जस्तै सात अक्टोबरमा हमासले इजरायलमाथि गरेको आक्रमणपछि इजरायल युद्धबिरामका लागि तयार नहुने उद्घोष गरे।

उनले युद्धबिरामका लागि तयार हुनु हमास सामु वा आतंकवाद सामु आत्मसमर्पण गर्नु सरह भएको बताए। ७ अक्टोबरमा हमासले अचानक गरेको आक्रमणमा इजरायलमा १४ सय जनाको मृत्यु भएको थियो।

त्यसको बदलामा इजरायलले जारी राखेको गाजामाथिको हवाई तथा स्थलगत आक्रमणमा ८ हजार बढीको मृत्यु भइसकेको छ भने लाखौँ मानिस विस्थापित भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया