काठमाण्डौंः आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ। भारतको पुणेस्थित महाराष्ट्र त्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।
केन विलियमसनको कप्तानीमा रहेको न्युजिल्यान्ड जारी लिगमा राम्रो प्रदर्शन गर्दै आएको छ भने टेम्बा बावुमाको कप्तानीमा रहेको दक्षिण अफ्रिकाले पनि लिगमा सानदार प्रर्दशन गरिरहेको छ।
समान ६/६ खेल खेलेको दुबै टोलीले समान ४/४ खेलमा जित हात पारेको छ। तर, रनरेटको आधारमा दक्षिण अफ्रिका अङ्क तालिकाको दोस्रो स्थानमा छ भने न्युजिल्यान्ड तेस्रो स्थानमा रहेको छ। आजको खेलमा दुबै टोली जित हात पार्दै आफ्नो सेमिफाइनल यात्रालाई बलियो बनाउन चाहन्छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया