काठमाण्डौः राष्ट्रियसभाबाट विद्युतीय व्यापार विधेयक, २०८० पास भएको छ ।
सभाको बिहीबारको बैठकले विधेयक पास गरेको हो । विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफाबार छलफल भएर प्रतिवेदनसहित बुधबार पास भएको थियो ।
उक्त प्रतिवेदन विधेयकको अंग बनाउँदै बिहीबारको बैठकबाट पास भएको हो । अब यो विधेयक प्रतिनिधिसभा बैठकमा छलफलका लागि जानेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया