श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

रुसी राष्ट्रपति पुटिन र बेलारुसी समकक्षीबीच टेलिफोन वार्ता

रुस–बेलारूसको रणनीतिक साझेदारी र सहयोगी सम्बन्धलाई अझ प्रगाढ बनाउन सहकार्य जारी राख्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारूसका आफ्ना समकक्षी अलेक्जेन्डर लुकासेन्कोबीच बुधवार भएको टेलिफोन वार्तामा सामुहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ)को आसन्न बैठक र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।

क्रेमलिनले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘नेताहरूबीच नोभेम्बर २३ मा मिन्स्कमा हुने सीएसटीओको सामूहिक सुरक्षा परिषद्को अर्को बैठकको तयारीबारे छलफल भएको छ । उहाँहरूले द्विपक्षीय सहयोगको विकास र ऊर्जा, यातायात र उच्च प्रविधिको क्षेत्रसहित केन्द्रीय राज्यको एकीकरणलाई अगाडि बढाउने बारेमा पनि छलफल गर्नुभएको छ ।’

क्रेमलिनका अनुसार उनीहरूले रुस–बेलारूसको रणनीतिक साझेदारी र सहयोगी सम्बन्धलाई अझ प्रगाढ बनाउन सहकार्य जारी राख्न आपसी तत्परता व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया